एसईई नतिजा सार्वजनिकः ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि
१४ असार २०८२, शनिवार
रामेछाप– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गर्दै यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको जानकारी दिएको छ ।
गत वर्षको तुलनामा यस पटक ग्रेडेड हुने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको देखिएको छ । २०७९ मा ग्रेडेड हुनेको प्रतिशत ४८ मात्र रहेको थियो भने यस वर्ष त्यो संख्या १३.८१ प्रतिशतले बढेको हो । बोर्डका अनुसार जीपीए ३.६० देखि ४.० ल्याउनेः ४८,१७७ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ८१,३८५ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ८९,१२४ जना, २.४० देखि २.८० जीपीए ल्याउने ४८,४७९ जना, २.० देखि २.४० जीपीए ल्याउने ४,१२६ जना र १.६० देखि २.० जीपीए ८ जना रहेका छन् ।
यस वर्ष एसईईमा कुल ४ लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए । तर, नन ग्रेडेड हुने विद्यार्थीको संख्या पनि कम छैन । बोर्डका अनुसार १ लाख ६७ हजार ५९७ विद्यार्थी नन ग्रेडेड भएका छन् ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा
१८ चैत २०८२, बुधवार रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा
कक्षा १२ को पूरक परीक्षा आज र भोलि
७ असोज २०८२, मंगलवार रामेछाप– जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा

प्रतिकृया दिनुहोस