• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२९ कार्तिक २०८२, शनिवार
रामेछाप– “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा आयोजना हुने भएको छ । आगामी मंसिर ११, १२ र १३ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगरपालिका कार्यालयले जानकारी गराएको छ ।
नगरपालिकाले औपचारिक सूचना सार्वजनिक गर्दै प्रतियोगिता रामेछाप बजार नजिकैको टुँडिखेल खेलमैदानमा हुने उल्लेख गरेको छ । खेल मैदानमा आवश्यक पूर्वाधार, खेल सामग्री र सुरक्षाका सबै व्यवस्था मिलाइएको र प्रतियोगिता अनुशासित तथा पारदर्शी रूपमा सञ्चालन गरिने नगर खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायत विद्यालय स्तरमा लोकप्रिय हुँदै आएका विभिन्न खेल विधा समावेश गरिएको छ । यी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम विद्यार्थीहरूलाई नगरस्तरमै प्रतिभा परीक्षण तथा अवसर प्रदान गर्ने उद्देश्य रहेको रामेछाप नगर खेलकुद विकास समितीको भनाइ छ ।
रामेछाप नगरपालिकाका १३ वटै माध्यमिक विद्यालयका खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन्। विद्यार्थीको शारीरिक र बौद्धिक क्षमताको विकाससँगै विद्यालयबीच आपसी मैत्री, प्रतिस्पर्धा र स्वस्थ वातावरण निर्माणमा यो प्रतियोगिता महत्वपूर्ण हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ । प्रतियोगिता उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, खेलकर्मी र समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।
 तीन दिनसम्म चल्ने प्रतियोगिताले नगरभित्र खेलकुदको प्रभावकारिता मात्र बढाउने होइन, प्रतिभावान खेलाडी पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा पनि काम गर्ने आयोजकहरू बताउँछन् । नगरपालिकाले सबै विद्यालयलाई समयमै टोली पठाउन तथा खेलाडीहरूको तयारी सुनिश्चित गर्न आग्रह गरेको छ । मौसम अनुकूल रहे प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१६ कार्तिक २०८२, आइतवार रामेछाप— सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । खेलकुदका विभिन्न विधा

सुनापति गाउँपालिका चौथो अध्यक्ष कप भलिबलमा मुगिखोला युवा क्लब मन्थली विजयी

१३ कार्तिक २०८२, बिहिवार रामेछाप— सुनापति गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल

चौथो सुनापति गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता भव्य रूपमा सुरु

१० कार्तिक २०८२, सोमवार रामेछाप— सुनापति गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल