आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजानिक, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण
१५ जेठ २०८१, मंगलवार
रामेछाप– सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिकको बजेट चालु आर्थिक वर्षको तुलनामा ६ दशमलब २ प्रतिशतले धेरै रहेको छ । यो तोकिएको बजेट सिलिङभन्दा २१ दशमलब ५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
प्रस्तुत बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल बजेटको ६१ दशमलब ३१ प्रतिशत बजेट विनियोजन भएको छ । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८ दशमलब ९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख रहेको छ । आगामी आर्थिक वर्ष लागि सरकारले १२ खर्ब ६० अर्ब ३० करोड राजस्व र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याउने बजेटमा तोकिएको छ ।
राजस्व र अनुदानबाट अपुग भएको रकम अर्थात् ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ ऋण लिइने बजेटमा उल्लेख छ । यसमध्ये २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख रहेको छ । बजेटमा सरकारले प्रमुख पाँच प्राथमिकता तय गरेको छ ।
बजेटका पाँच प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उहाँले जानकारी दिनुभएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास पनि बजेटको प्राथमिकतामा परेको छ । त्यसैगरी समावेशीता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नु बजेटको प्राथमिकता रहेको अर्थमन्त्री पुनले बताउनु भएको छ ।
कालिञ्चोक दर्शन यस वर्ष २ करोड ६६ लाख रूपैयाँ भन्दा बढी नाफा
३२ साउन २०८१, शुक्रवार रामेछाप– कालिञ्चोक दर्शन लिमिटेड (केडीएल)कोे गत आर्थिक वर्षको खुद नाफा ७.७५ प्रतिशत बढेको छ । केडीएल कम्पनीको आम्दानी र खुद
आज असार १५, दहीचिउरा खाने दिन
१५ असार २०८१, शनिवार रामेछाप– असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ ।
रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट सार्वजनिक
९ असार २०८१, आइतवार रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट विनियोजन

प्रतिकृया दिनुहोस