• ON AIR
  • स्टेशन सुभारम्भ

कालिञ्चोक दर्शन यस वर्ष २ करोड ६६ लाख रूपैयाँ भन्दा बढी नाफा

३२ साउन २०८१, शुक्रवार
रामेछाप– कालिञ्चोक दर्शन लिमिटेड (केडीएल)कोे गत आर्थिक वर्षको खुद नाफा ७.७५ प्रतिशत बढेको छ । केडीएल कम्पनीको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेकोे हो । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
 विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद नाफा ७ दशमलव ७५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कालिञ्चोक दर्शनले गत आर्थिक वर्ष २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सो अवधिमा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ थियो । 
कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२ दशमलव ३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १० दशमलव ३८ प्रतिशत बढेको छ । 
यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २१ दशमलव ७३ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ पैसा बढेर ४ रुपैयाँ ४७ पैसा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

आज असार १५, दहीचिउरा खाने दिन

१५ असार २०८१, शनिवार रामेछाप– असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ ।

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट सार्वजनिक

९ असार २०८१, आइतवार  रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट विनियोजन

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजानिक, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

१५ जेठ २०८१, मंगलवार रामेछाप– सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले