आज असार १५, दहीचिउरा खाने दिन
१५ असार २०८१, शनिवार
रामेछाप– असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
रोपाइँका क्रममा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । रोपाइँको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन्। यो वेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ ।
कालिञ्चोक दर्शन यस वर्ष २ करोड ६६ लाख रूपैयाँ भन्दा बढी नाफा
३२ साउन २०८१, शुक्रवार रामेछाप– कालिञ्चोक दर्शन लिमिटेड (केडीएल)कोे गत आर्थिक वर्षको खुद नाफा ७.७५ प्रतिशत बढेको छ । केडीएल कम्पनीको आम्दानी र खुद
रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट सार्वजनिक
९ असार २०८१, आइतवार रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट विनियोजन
आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजानिक, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण
१५ जेठ २०८१, मंगलवार रामेछाप– सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले

प्रतिकृया दिनुहोस