• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट सार्वजनिक

९ असार २०८१, आइतवार 
रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट विनियोजन गरेको छ । 
आईतबार उपप्रमुख बाला कुमारी कार्कीले रामेछाप नगरपालिकाको १५ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८६ रुपैयाँको बजेट निति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालूतर्फ ५४ करोड ७९ लाख ५ हजार ५ सय अर्थात् ७४ दशमलव ०१ प्रतिशत र पुँजीगत तर्फ १८ करोड ९८ लाख ७२ हजार ९ सय ८३ अर्थात् २५ दशमलव ९८ प्रतिशत रहेको बजेटमा उल्लेख रहेको छ ।
आगामी आर्थिक वर्षमा संघीय सरकारबाट हस्तान्तरित सामानीयकरण अनुदान १४ करोड १४ लाख, सशर्त अनुदान चालु २७ करोड ९७ लाख २० हजार, सशर्त अनुदान पूजिगत १ करोड ८० लाख, विशेष अनुदान पूजिगत १ करोड ५० लाख, समपुरक अनुदान पूजिगत १ करोड  ५० लाख र राजस्व वाडँफाँड ८ करोड १३ लाख २० हजार ३ सय ३३ रुपैयाँ गरी ५५ करोड ४ लाख ४० हजार ३ सय ३३ रुपयाँ अनुमानित बजेट विनियोजन भएको छ । 
त्यस्तैगरी बाग्मती प्रदेश सरकार अन्तर्गत सामानिकरण अनुदान १ करोड ४१ लाख ८५ हजार, सशर्त अनुदान चालु÷पूजिगत गरी १ करोड ७५ लाख १५ हजार, विशेष अनुदान पूजिगत ८० लाख, समपुरक अनुदान पूजिगत ३ करोड र वाडँफाडँबाट प्राप्त हुने गरी सवारी साधन कर ७ करोड ८५ लाख १४ हजार १ सय ५० रुपैया बजेट स्वीकृत भएको अनुमान गरिएको छ । 
बजेट वक्तव्यमा आगामी वर्षमा आन्तरिक स्रोतबाट १ करोड १२ लाख १४ हजार आन्तरिक आय अनुमान गरिएको छ । 


 

प्रतिकृया दिनुहोस

कालिञ्चोक दर्शन यस वर्ष २ करोड ६६ लाख रूपैयाँ भन्दा बढी नाफा

३२ साउन २०८१, शुक्रवार रामेछाप– कालिञ्चोक दर्शन लिमिटेड (केडीएल)कोे गत आर्थिक वर्षको खुद नाफा ७.७५ प्रतिशत बढेको छ । केडीएल कम्पनीको आम्दानी र खुद

आज असार १५, दहीचिउरा खाने दिन

१५ असार २०८१, शनिवार रामेछाप– असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ ।

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजानिक, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

१५ जेठ २०८१, मंगलवार रामेछाप– सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले