प्रधानमन्त्री प्रचण्ड आज मोदीको शपथ ग्रहण समारोहमा भारत जाँदै
२७ जेठ २०८१, आइतवार
रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज नयाँ दिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउँसो करिब साढे १ बजे भारत तर्फ जानुहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । उहाँको साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कनुहुने छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आज शपथग्रहण समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रोपदी मुर्मूसँग छुट्टाछुट्टै भेट गर्नुहुने कार्यक्रम रहेको छ । भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो । मोदीले शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रण गर्नुभएको थियो ।
यसअघि मोदीको पहिलो कार्यकालको शपथ ग्रहणमा स्वर्गीय सुशील कोइराला र दोस्रो कार्यकालको शपथमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभएको थियो । प्रधानमन्त्री प्रचण्डले गएको जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्डसहित, श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि भाग लिन आउने जनाएको छ ।
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा
२८ भदौ २०८२, शनिवार रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय
उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग
२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको
कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन
१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल

प्रतिकृया दिनुहोस