• ON AIR
  • स्टेशन सुभारम्भ

अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय अध्यक्षमा रामेछापका कार्कीको दाबी, २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु 

१० असोज २०८१, बिहिवार
रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनमा रामेछापका पवन कार्कीले अध्यक्षमा दाबी गरेको छ । 
हाल केन्द्रीय उपाध्यक्ष रहेको कार्की विगत लामो समयदेखि केन्द्रीयस्तरमा रहेर विद्यार्थी राजनीति गर्दै आएको छ । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी क्षेत्रमा भएको अतिक्रमणलाई अन्त्य गर्नु पर्छ भन्ने मुद्धालाई उठाउँदै आउनु भएको छ । नेपालको शैक्षिक संस्थाहरूले शिक्षा क्षेत्रमा व्यापार गर्दै आएको र सामान्य जनताका छोराछोरीहरुले पढ्नै नसक्ने स्थिति पैदा भएकोले शिक्षामा भएको व्यापारलाई अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । 
अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । बिहीबारदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने उपाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कार्कीसहित मदन भुल, नरेश रेग्मी, जिपी मैनाली र महासचिव दीपेश पुन आकांक्षी देखिएका छन् । 

 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

२८ भदौ २०८२, शनिवार रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल