• ON AIR
  • स्टेशन सुभारम्भ

आगलागी पीडित लाई वडा कार्यालय द्वारा राहत सहयोग 

७ फागुन २०८१, बुधवार
रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका ५ नं. वडा कार्यालयले आगलागी पीडितलाई राहत सहयोग गरेको छ । वडा कार्यालयले प्रीति चौरिखर्क पानी घाटकी पदम माया तामाङलाई राहत सहयोग गरेको हो । गत फागुन ५ गते विद्युतको तार सर्ट भई तामाङको घरमा आगो सल्किएको थियो । आगलागीबाट घर जलेर नष्ट हुँदा झन्डै ३ लाख बराबरको क्षति भएको थियो । आगलागीबाट घर भित्रका लत्ता कपडा र  सामानहरू सबै जलेको पीडित तामाङको भनाई छ । 
पीडितलाई उमाकुण्ड गाउँपालिका  ५ नं. कार्यालयले चामल, दाल, तेल, नुन, कुकर, कराइ लगायत आवश्यक सामाग्री सहयोग गरेको उमाकुण्ड गाउँपालिकाका पत्रकार मणिराज सुनुवारले जानकारी दिनुभयो  । उहाँको अनुसार उमाकुण्ड ५ नं. वडाका वडा अध्यक्ष कुल बहादुर बस्नेत, सदस्य नकुल तामाङ, सोमबहादुर तामाङ, पत्रकार मणिराज सुनुवार लगायतको टिम राहत वितरण गर्न पिडित तामाङको घर पुगेका थिए ।  

 

प्रतिकृया दिनुहोस

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा जोखिम बढ्यो

१९ चैत २०८२, बिहिवार रामेछाप— इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प जाँदा जनधनमा क्षति पुगेको छ भने तटीय क्षेत्रमा

म्यान्मारबाट फैलिएको साइबर ठगीको जालोः चीनले ११ जनालाई दियो मृत्युदण्ड

रामेछाप– म्यान्मारको सीमावर्ती क्षेत्रबाट सञ्चालन हुँदै आएको ठगी धन्दाको एक कुख्यात गिरोहमाथि चीनले कडा कारबाही गरेको छ । चीनको जेजिआङ

बिहार चुनावमा एनडीएको दुई–तिहाई बहुमत, भाजपाको सबैभन्दा धेरै जीत   

२९ कार्तिक २०८२, शनिवार रामेछाप– भारतको बिहार विधानसभाको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । २४३ सिटमा भएको मतदानमा सत्तारुढ राष्ट्रिय