• ON AIR
  • स्टेशन सुभारम्भ

म्यान्मारबाट फैलिएको साइबर ठगीको जालोः चीनले ११ जनालाई दियो मृत्युदण्ड

रामेछाप– म्यान्मारको सीमावर्ती क्षेत्रबाट सञ्चालन हुँदै आएको ठगी धन्दाको एक कुख्यात गिरोहमाथि चीनले कडा कारबाही गरेको छ । चीनको जेजिआङ प्रान्तस्थित अदालतले साइबर ठगी, हत्या, अपहरण, अवैध जुवा र संगठित अपराधमा संलग्न रहेको ठहर गर्दै ११ जनालाई मृत्युदण्ड दिएको हो । अदालतका अनुसार अभियुक्तहरूका कारण कम्तीमा १४ जना चिनियाँ नागरिकको ज्यान गएको थियो ।
 सेप्टेम्बरमा दोषी ठहर भइसकेका उनीहरूले गरेको पुनरावेदन उच्च अदालतले खारेज गरेपछि मृत्युदण्ड कार्यान्वयन गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । मृत्युदण्ड पाउने सबै व्यक्ति म्यान्मारको लाउकाइङ क्षेत्रमा सक्रिय ‘मिङ परिवार’सँग सम्बन्धित रहेका थिए ।
चीन–म्यान्मार सीमामा पर्ने गरिब बस्ती लाउकाइङमा मिङ परिवारले जुवाघर, वेश्यालय र साइबर स्क्याम केन्द्र सञ्चालन गर्दै आएको खुलेको छ । ती केन्द्रहरूमा चीनबाट तस्करी गरी लगिएका हजारौँ मानिसलाई जबरजस्ती ठगी कार्यमा लगाइने गरेको अदालतको निष्कर्ष छ ।
चीनको कडा दबाबपछि म्यान्मारको सेनाले सन् २०२३ मा मिङ परिवारका मुख्य सदस्यसहित थुप्रै व्यक्तिलाई पक्राउ गरी चीनलाई सुपुर्द गरेको थियो । अनुसन्धानका क्रममा सन् २०१५ देखि २०२३ सम्म उक्त गिरोहले ठगी र जुवाबाट करिब १ खर्ब ४ अर्ब अमेरिकी डलर अवैध आम्दानी गरेको खुलासा भएको छ ।
चिनियाँ सरकारी तथ्यांकअनुसार सन् २०२३ यता म्यान्मारका विभिन्न स्क्याम केन्द्रसँग जोडिएका ५७ हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । चीनले साइबर अपराधविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउँदै सीमापार अपराधमा कडा कदम चालेको स्पष्ट संकेत यो कारबाहीले दिएको छ ।

 

प्रतिकृया दिनुहोस

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा जोखिम बढ्यो

१९ चैत २०८२, बिहिवार रामेछाप— इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प जाँदा जनधनमा क्षति पुगेको छ भने तटीय क्षेत्रमा

बिहार चुनावमा एनडीएको दुई–तिहाई बहुमत, भाजपाको सबैभन्दा धेरै जीत   

२९ कार्तिक २०८२, शनिवार रामेछाप– भारतको बिहार विधानसभाको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । २४३ सिटमा भएको मतदानमा सत्तारुढ राष्ट्रिय

आगलागी पीडित लाई वडा कार्यालय द्वारा राहत सहयोग 

७ फागुन २०८१, बुधवार रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका ५ नं. वडा कार्यालयले आगलागी पीडितलाई राहत सहयोग गरेको छ । वडा कार्यालयले प्रीति