• ON AIR
  • स्टेशन सुभारम्भ

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा जोखिम बढ्यो

१९ चैत २०८२, बिहिवार
रामेछाप— इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प जाँदा जनधनमा क्षति पुगेको छ भने तटीय क्षेत्रमा सुनामीको सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको हो । प्रारम्भिक रूपमा ७.८ म्याग्निच्युड आकलन गरिए पनि त्यसलाई पछि परिमार्जन गरिएको जनाइएको छ। भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको बताइएको छ ।
भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर वरपरका तटीय क्षेत्रहरूमा समुद्री छालको प्रभाव पर्न सक्ने चेतावनी दिएको छ। इन्डोनेसियासहित फिलिपिन्स र मलेसियाका तटीय बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीय उद्धार निकायका अनुसार उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा एक ७० वर्षीया महिलाको भग्नावशेषले थिचिएर मृत्यु भएको पुष्टि भएको छ। मनाडो शहरस्थित एक भवनमा गम्भीर क्षति पुगेको दृश्य सार्वजनिक भएको छ, जहाँ संरचनात्मक भागहरू भत्किएका र भित्री सामग्री बाहिर छरिएको देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

म्यान्मारबाट फैलिएको साइबर ठगीको जालोः चीनले ११ जनालाई दियो मृत्युदण्ड

रामेछाप– म्यान्मारको सीमावर्ती क्षेत्रबाट सञ्चालन हुँदै आएको ठगी धन्दाको एक कुख्यात गिरोहमाथि चीनले कडा कारबाही गरेको छ । चीनको जेजिआङ

बिहार चुनावमा एनडीएको दुई–तिहाई बहुमत, भाजपाको सबैभन्दा धेरै जीत   

२९ कार्तिक २०८२, शनिवार रामेछाप– भारतको बिहार विधानसभाको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । २४३ सिटमा भएको मतदानमा सत्तारुढ राष्ट्रिय

आगलागी पीडित लाई वडा कार्यालय द्वारा राहत सहयोग 

७ फागुन २०८१, बुधवार रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका ५ नं. वडा कार्यालयले आगलागी पीडितलाई राहत सहयोग गरेको छ । वडा कार्यालयले प्रीति