चौथो सुनापति गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता कात्तिक ९ देखि सुरु
३० असोज २०८२, बिहिवार्
रामेछाप — सुनापति गाउँपालिका–३, हिलेदेवीस्थित खेल मैदानमा चौथो सुनापति गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ आउँदो कात्तिक ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
नेपालको महान् पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजना गर्न लागिएको उक्त प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हुने सो प्रतियोगितामा देशभरका उत्कृष्ट पुरुष भलिबल टिमहरूको सहभागिता रहनेछ । आयोजक समितिले खेल सफल बनाउन सबै खेलाडी, खेलप्रेमी र स्थानीयवासीलाई सहयोग गर्न आग्रह गरेको छ ।
प्रतियोगिताको प्रथम हुने टोलीलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई १ लाख रुपैयाँ, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ र सान्त्वना टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । साथै, उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिनेछ ।
टिम दर्ताका लागि प्रवेश शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने दर्ताको अन्तिम मिति कात्तिक ७ गते बिहान १० बजेसम्म तोकिएको छ । सम्पर्क व्यक्तिहरूमा भुवन लामा (९७६१८४२६६५), सोम तितुङ (९८६०२८५३३९), दिनेश नेपाली (९८५१३२९१४९), विशाल लामा (९८६४१२३१६२) र बुद्ध तितुङ (९८४९५७७०२१) रहेका छन् ।
सुनापति गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता वर्षेनी आयोजना हुँदै आएको प्रतिष्ठित खेल प्रतियोगितामध्ये एक मानिन्छ । यसपटक पनि प्रतियोगिताले स्थानीय पर्यटन, खेलकुदको विकास र सामुदायिक एकता प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

रामेछापमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
२९ कार्तिक २०८२, शनिवार रामेछाप– “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकामा यस वर्षको
सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
१६ कार्तिक २०८२, आइतवार रामेछाप— सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । खेलकुदका विभिन्न विधा
सुनापति गाउँपालिका चौथो अध्यक्ष कप भलिबलमा मुगिखोला युवा क्लब मन्थली विजयी
१३ कार्तिक २०८२, बिहिवार रामेछाप— सुनापति गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल

प्रतिकृया दिनुहोस