• ON AIR
  • स्टेशन सुभारम्भ

सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१६ कार्तिक २०८२, आइतवार
रामेछाप— सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । खेलकुदका विभिन्न विधा समावेश गरिएको सो प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाएको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूलाई केवल शारीरिक रूपमा मात्र नभई मानसिक र सामाजिक रूपमा समेत सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष गीता विष्टले सुनापति गाउँपालिकालाई खेल पर्यटनको नमुना गाउँपालिका बनाउनका लागि विभिन्न प्रतियोगिता र कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय स्तरमै प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्यसहित खेलकुदका गतिविधिहरू अगाडि बढाइएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले पहिलो संस्करणदेखि सातौँ संस्करणसम्म आइपुग्दा विद्यार्थीहरूको प्रदर्शन र उत्साहले सुनापति गाउँपालिकामा खेलकुदको स्तर दिगो रूपमा वृद्धि भएको बताउनुभयो । “यो प्रतियोगिता अब खेल संस्कृतिको रूपमा स्थापित भइसकेको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा वडा नं १ का अध्यक्ष ध्रुव चौलागाई, वडा नं ४ का अध्यक्ष डन्डुप लामा, वडा नं ५ का अध्यक्ष चित्रबहादुर मानन्धर लगायतका जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा सहभागी अतिथि, शिक्षक, विद्यार्थी र स्थानीयहरूलाई खेलकुद विकास समितिका उपाध्यक्ष सोम तितुङले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरू सहभागी छन् । प्रतियोगितामा २० स्वर्ण पदकका लागि विभिन्न खेल विधामा प्रतिस्पर्धा हुनेछ । स्थानीय स्तरमै प्रतिभा पहिचान गरी जिल्लास्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले सुनापति गाउँपालिकाको वार्षिक खेलकुद परम्परा बनेको छ ।

 

प्रतिकृया दिनुहोस

रामेछापमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२९ कार्तिक २०८२, शनिवार रामेछाप– “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकामा यस वर्षको

सुनापति गाउँपालिका चौथो अध्यक्ष कप भलिबलमा मुगिखोला युवा क्लब मन्थली विजयी

१३ कार्तिक २०८२, बिहिवार रामेछाप— सुनापति गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल

चौथो सुनापति गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता भव्य रूपमा सुरु

१० कार्तिक २०८२, सोमवार रामेछाप— सुनापति गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल