• ON AIR
  • स्टेशन सुभारम्भ

सुनापति गाउँपालिका चौथो अध्यक्ष कप भलिबलमा मुगिखोला युवा क्लब मन्थली विजयी

१३ कार्तिक २०८२, बिहिवार
रामेछाप— सुनापति गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८२” को उपाधि मुगिखोला युवा क्लब मन्थलीले जितेको छ । बुधबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा मुगिखोलाले आयोजक सुनापति गाउँपालिका खेलकुद विकास समितिको टिमलाई कडा प्रतिस्पर्धामार्फत ३–२ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
फाइनल खेलको पहिलो दुई सेट आयोजक टिमले जिते पनि तेस्रो सेटबाट मुगिखोला युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन सेट जितेर जित सुनिश्चित गरेको थियो । दर्शकले उत्साहपूर्वक हौसला दिएको खेलमा अन्तिम क्षणसम्म प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो । विजेता मुगिखोला युवा क्लब मन्थलीले नगद रु. १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले नगद रु. १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
त्यस्तै, प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने जि.एन.ई.बि.एस माकादुमले रु. ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना पुरस्कार अन्तर्गत बेथान युवा समाजले रु. २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले खेलकुदले युवामा अनुशासन, आपसी एकता र सहकार्यको भावना विकास गर्नुका साथै गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताउनुभयो । उहाँले सुनापति गाउँपालिकाले खेलकुदका माध्यमबाट गाउँमा सकारात्मक उर्जा र एकता फैलाउने उद्देश्य राखेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष गीता विष्ट, वडा अध्यक्षहरू, सदस्य बाबुलाल योञ्जनलगायतका अतिथिहरूले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । चार दिनसम्म चलेको प्रतियोगितामा रामेछापसहित विभिन्न जिल्लाका ११ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । प्रतियोगिताले स्थानीय युवाको खेलकुदप्रतिको रुचि बढाउनुका साथै गाउँपालिकाको पहिचान र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको सहभागीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

रामेछापमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२९ कार्तिक २०८२, शनिवार रामेछाप– “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकामा यस वर्षको

सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१६ कार्तिक २०८२, आइतवार रामेछाप— सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । खेलकुदका विभिन्न विधा

चौथो सुनापति गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता भव्य रूपमा सुरु

१० कार्तिक २०८२, सोमवार रामेछाप— सुनापति गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल