• ON AIR
  • स्टेशन सुभारम्भ

चौथो सुनापति गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता भव्य रूपमा सुरु

१० कार्तिक २०८२, सोमवार
रामेछाप— सुनापति गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८२” शनिबार भव्य समारोहका बीच सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद राष्ट्रनिर्माण र सामाजिक एकताको माध्यम भएको बताउनुभयो । उहाँले स्थानीय तहमा यस्ता प्रतियोगिता हुन थालेका कारण गाउँ–गाउँमा लुकेका खेल प्रतिभा पहिचान गर्न सहज भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रशासन अधिकृत शुरेस कुमार श्रेष्ठ, पाँचै वडाका अध्यक्षहरू, जनप्रतिनिधि, खेलकुदकर्मी, शिक्षक, पत्रकार, स्थानीय अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र आत्मनिर्भर बनाउने बताउँदै गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । त्यस्तै, उपाध्यक्ष विष्टले खेलकुदले गाउँपालिकाको पहिचान निर्माणमा सहयोग गर्ने भन्दै सहभागी टिमहरूलाई निष्पक्ष खेल र मैत्रीपूर्ण प्रतिस्पर्धाको शुभकामना दिनुभयो ।
प्रतियोगितामा सुनापति गाउँपालिकासहित आसपासका पालिकाका ११ टिम सहभागी भएको खेलकुद विकास समितिले जनाएको छ । तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिता हिलेदेवी खेल मैदानमा सञ्चालन भइरहेको छ । विजेता टोलीलाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिने जनाइएको खेलकुद समितीले जनाएको छ । खेलकुदमार्फत युवाहरूबीच एकता, मैत्री र सशक्त समाज निर्माणमा योगदान पु–याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

रामेछापमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२९ कार्तिक २०८२, शनिवार रामेछाप– “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकामा यस वर्षको

सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१६ कार्तिक २०८२, आइतवार रामेछाप— सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । खेलकुदका विभिन्न विधा

सुनापति गाउँपालिका चौथो अध्यक्ष कप भलिबलमा मुगिखोला युवा क्लब मन्थली विजयी

१३ कार्तिक २०८२, बिहिवार रामेछाप— सुनापति गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित चौथो “सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल